स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू) « Khabarhub

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिनाथमा पूजा गरेका छन् । बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन्।

पौराणिक सहर साँखुमा सुरु भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू शनिबार साँझै पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्।

पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातरगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।

मन्त्रोच्चारण गरेपछि शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ ।

स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ।

एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रामार्फत् दर्शनका लागि जाने गर्छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ४२ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई