स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू) « Khabarhub

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिनाथमा पूजा गरेका छन् । बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन्।

पौराणिक सहर साँखुमा सुरु भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू शनिबार साँझै पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्।

पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातरगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।

मन्त्रोच्चारण गरेपछि शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ ।

स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ।

एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रामार्फत् दर्शनका लागि जाने गर्छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ४२ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ