गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष « Khabarhub

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालतमा पुगेको छ ।

आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा पक्षका नेताहरू अदालतमा उपस्थित भएका हुन् ।

देउवा पक्षका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफूहरूलाई सोध्दै नसोधी अर्को पक्षलाई मान्यता दिने सर्वोच्चको निर्णयविरुद्ध रिट दर्ता भइसकेको बताएका छन् ।

‘हाम्रो रिट दर्ता भइसकेको छ। सकेसम्म आजै उक्त रिट पेशीमा चढेर आदेश आउने अपेक्षा गरेका छौँ’, उनले भने, ‘आज सुनुवाइ नभए भोलि बिदा परेकाले पर्सि मंगलबार बिहानै सर्वोच्चले आयोगको निर्णयमा आदेश दिन सक्ने हामीले आशा गरेका छौँ ।’

अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वका नेताहरू सर्वोच्च अदालत पुगेका छन्। निर्वाचन आयोगलले गगनलाई मान्यता दिएपछि विघटित कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार सानेपामा बसेको बैठकले सर्वोच्च जाने निर्णय गरेको थियो । 

यस रिटमा सर्वोच्चले यथाशक्य चाँडो आदेश दिनुपर्ने बाध्यता छ । माघ ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन गर्ने समय तोकिएको छ। त्यसअघि नै कांग्रेसको विवादको छिनोफानो हुन सकेमा फागुन २१ को निर्वाचन पनि हुन सक्नेछ ।

यदि कांग्रेसको विवाद लम्बिएर सर्वोच्चले आदेश नदिएमा निर्वाचन नै पछि धकेलिने जोखिम पनि छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ४१ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित