झापामा माटोको अम्लीयपन बिग्रँदै « Khabarhub

झापामा माटोको अम्लीयपन बिग्रँदै


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ ।

तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ती शिविरबाट आएको नतिजामा अधिकांश नमुनामा यी तत्त्वहरू न्यून मात्रमा छन् । यसले माटोको स्वास्थ्य बिग्रिँदै गएको देखिन्छ । 

दमकमा ५२ र बुद्धशान्तिमा ५२ वटा गरी १०४ माटोको नमूना परीक्षण गर्दा करिब ६० प्रतिशत नतिजामा माटो अम्लीय रहेको पाइएको कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टले जानकारी दिए ।

‘माटोमा कम्तीमा दुई प्रतिशत प्राङ्गारिक तत्त्व हुनुपर्छ, तर अधिकांश नमुनाको परीक्षणमा डेढ प्रतिशतभन्दा माथि छैन’, उनले भने, ‘माटोमा प्राङ्गारिक तत्त्व क्रमशः कम हुँदै गइरहेको छ ।’

त्यस्तै, दमकको ५२ माटोको नमुनामध्ये २७ वटा नमुनामा नाइट्रोजनको मात्रा न्यून मात्रामा रहेको पाइयो । ४५ नमुनामा पोटासको मात्रा न्यून रहेको पाइएको छभने ३० वटा माटोको नमुनामा फस्फोरसको मात्रा न्यून रहेको पाइएको छ ।

केही नमुनामा यी तत्त्वको मात्रा मध्यम र केहीमा अत्यधिक रहेकोसमेत पाइएको छ । यस्तै, बुद्धशान्तिमा गरिएको ५२ वटा परीक्षणमा समेत माटोको अवस्था करिब करिब दमककै जस्तै रहेको छ ।
 
माटो परीक्षणपछि किसानलाई खेतमा गोबर (कम्पोष्ट) मल र हरियो मलको प्रयोग गर्न सुझाव दिइएको छभने माटाको अम्लीयपन घटाउन कृषि चुनको प्रयोग गर्न सिफारिस गरिएको कार्यालय प्रमुख विष्टले बताए  । 

बिस्तारै असर देखिने

हाल झापामा माटोको गुणस्तर खस्कँदै गए पनि धान र मकैको उत्पादकत्व वृद्धि भएको तथ्याङ्कले देखाउँछ । रासायनिक मलको प्रयोग बढिरहेकाले उत्पादन वृद्धि भएको कार्यालय प्रमुख विष्ट बताउँछन् ।

‘किसानले पहिला एक बिघामा ८० मन धान फलाउन जति मल प्रयोग गर्नुपर्थो, अहिले त्यसको डेढ गुणा हाल्नुपर्ने अवस्था छ’, रासायनिक मलको प्रयोग बढेसँगै माटोमा अम्लीयपन बढ्दै गएको बताउँदै उनले भने, ‘तत्काल असर नदेखिए पनि यसले दीर्घकालीन रूपमा असर गर्छ ।’

माटोको गुणस्तर सुधारका लागि कार्यालयले गत वर्ष मात्र करिब ४२ टन कृषि चुन वितरण गरेको थियो । स्थानीय तहले पनि कृषि चुन वितरण गरिरहेकाले यो वर्ष कार्यालयबाट कृषि चुन वितरण गरिएको छैन । माटो सुधारका लागि बाली लगाउनुभन्दा करिब ३० दिनअघि मात्रा मिलाएर कृषि चुनको प्रयोग गर्न प्रमुख विष्टको भनाइ छ ।
 
झापामा हाल एउटा मात्र माटो परीक्षण केन्द्र छ । कनकाई नगरपालिकास्थित सुरुङ्गामा मात्र माटो परीक्षण केन्द्रबाट वार्षिक दुई हजारदेखि दुई हजार ५०० वटासम्म माटो नमूना परीक्षण हुँदै आएको छ ।

हरेक पालिकाले माटो परीक्षण गर्ने सामान्य भए पनि ल्याब राख्नुपर्नेमा कृषि ज्ञान केन्द्र प्रमुख विष्टले जोड दिए । ‘एउटा मात्र ल्याबले सबैतिरको काम गर्न गाह्रो हुन्छ’, उनले भने, ‘केही पालिकाको कृषि शाखाले सामान्य माटो परीक्षणको काम गरिरहेका छन्, सबै पालिकाले सामान्य भए पनि ल्याब राख्न आवश्यक छ  ।’ रासस
 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ५७ बजे

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा