पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा « Khabarhub

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित निर्माण भइरहेको प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ ।

हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत र आर्थिक प्रगति ५४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको प्रशासनिक सेवा एकै स्थानबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८०–०८१ बाट भवन निर्माण सुरु गरिएको हो । भवन निर्माणमा गाउँपालिकाको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत लगानी रहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार संरचनागत काम अधिकांश सम्पन्न भइसकेको छ । प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको छ र बाँकी काम पनि सम्झौता अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।

गाउँपालिका अध्यक्ष किरण राईले प्रशासनिक भवनको कुल लागत ६ करोड ८० लाख रहेको जानकारी दिए । चारतले उक्त भवनमा २४ वटा प्रशासनिक कोठा र १६ वटा व्यावसायिक सटर निर्माण गरिएको छ । सटर सञ्चालनबाट गाउँपालिकालाई आन्तरिक आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ ।

नयाँ भवन निर्माणपछि हाल अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएका प्रशासनिक सेवा एउटै छानामुनि ल्याइनेछ । यसले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । साथै कर्मचारीलाई पनि सुरक्षित र व्यवस्थित कार्य वातावरण उपलब्ध हुनेछ ।

भवन निर्माणको सम्झौता अवधि २०८३ साल असार मसान्तसम्म रहेकाले निर्धारित समयभित्रै काम सम्पन्न गर्नेगरी निर्माणकार्यलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन प्रवर्द्धनमा नयाँ प्रशासनिक भवनले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । (रासस)

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : १५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान