पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा « Khabarhub

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित निर्माण भइरहेको प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ ।

हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत र आर्थिक प्रगति ५४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको प्रशासनिक सेवा एकै स्थानबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८०–०८१ बाट भवन निर्माण सुरु गरिएको हो । भवन निर्माणमा गाउँपालिकाको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत लगानी रहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार संरचनागत काम अधिकांश सम्पन्न भइसकेको छ । प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको छ र बाँकी काम पनि सम्झौता अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।

गाउँपालिका अध्यक्ष किरण राईले प्रशासनिक भवनको कुल लागत ६ करोड ८० लाख रहेको जानकारी दिए । चारतले उक्त भवनमा २४ वटा प्रशासनिक कोठा र १६ वटा व्यावसायिक सटर निर्माण गरिएको छ । सटर सञ्चालनबाट गाउँपालिकालाई आन्तरिक आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ ।

नयाँ भवन निर्माणपछि हाल अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएका प्रशासनिक सेवा एउटै छानामुनि ल्याइनेछ । यसले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । साथै कर्मचारीलाई पनि सुरक्षित र व्यवस्थित कार्य वातावरण उपलब्ध हुनेछ ।

भवन निर्माणको सम्झौता अवधि २०८३ साल असार मसान्तसम्म रहेकाले निर्धारित समयभित्रै काम सम्पन्न गर्नेगरी निर्माणकार्यलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन प्रवर्द्धनमा नयाँ प्रशासनिक भवनले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । (रासस)

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : १५ बजे

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश

सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए

वासिङटन– अमेरिकाले सिरियामा गरेको तेस्रो प्रतिकारात्मक हवाई हमलामा अल–कायदा सम्बन्धित

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले दिए पदबाट राजीनामा 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका