पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने « Khabarhub

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय धापासीमा आइतबार दिउँसो १ बजे पुग्ने भएका

काठमाडौँ महानगरपालिकाका प्रमुखसमेत रहेका उनी दिउँसो २ बजे बस्न लागेको केन्द्रीय समितिको बैठकमा माग लिन पहिलो पटक घण्टीघरमा प्रवेश गर्न लागेका हुन् ।

उक्त बैठकमा भाग लिएपछि रास्वपा सभापति रवि लामिछाने र बालेन्द्रसहितका नेताहरू साँझ ५ बजे मधेश प्रदेशको राजधानी जनकपुर पुग्दैछन् ।

त्यहाँबाट रवि र बालेन्द्रले चुनावी प्रचार अभियान थाल्ने भएका छन् । बालेन्द्र झापा ५ र रवि चितवन २ बाट फागुन २१ गतेको चुनाव लड्ने तयारीमा छन् ।

गत पुस १३ गते रास्वपामा प्रवेश गरेका बालेन्द्र त्यसयता घण्टीघरमा पुगेका छैनन् । आफ्ना २६ जना सहयोगीलाई रास्वपामा प्रवेश गराइसकेका उनी घण्टीघरमा पुगेर औपचारिक रुपमा दलीय राजनीतिमा लाग्ने भएका छन् ।

तर उनले काठमाडौंको मेयरबाट राजीनामा दिने नदिने केही खुलेको छैन । सम्भवत: उनले मेयर पदबाट राजीनामा नदिई झापा या काठमाडौंमा मंगलबार उम्मेदवारी मनोनयन गर्ने भएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ३५ बजे

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत