आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित « Khabarhub

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्याण्डले नेपाललाई ८ विकेटले हराएको हो ।

नेपालले जितका लागि दिएको १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍याे ।

थाइल्याण्डका नथाकन चन्थामले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै, नन्नापात कोनचारोयकाईले ३२, अफिसरा सुवानचोनराथीले २८, रन बनाइन् । नेपालकी सीता रानामगरले दुई विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।

नेपालकी विन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । यस्तै, सम्झना खड्काले २६, रुवीना क्षेत्रीले १७ तथा पूजा महतोले १२ रन जोडे ।

थाइल्याण्डकी थिपात्चा पुथावङले तीन, ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले एक–एक विकेट लिए ।

प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ३९ बजे

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत