वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे « Khabarhub

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न राष्ट्रियसभाका तीनना सदस्यहरूले आइतबार राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको टिकट पाएपछि नेकपा नेताहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका छन्।

उता नेकपा एमालेकी सदस्य भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएकी छन् ।

वामदेव गौतम २०७४ सालमा एमालेबाट उठ्दा पराजित भएको बर्दिया क्षेत्र नम्बर १ बाट उठ्दैछन् । उनले नेकपाबाट टिकट लिइसकेका छन् ।

गृहजिल्ला गोरखामा पराजित भएपछि राष्ट्रिय सभातिर गएका नारायणकाजीले यस पटक सर्लाही क्षेत्र नम्बर ३ बाट उठ्न टिकट लिएका छन् ।

उता भगवतीलाई एमालेले तनहुँ १ बाट उठ्न टिकट दिएको छ । यी तीनैजनाको राजीनमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुझेर स्वीकृत गरेका छन्।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ५१ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले