खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन « Khabarhub

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरूप आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।  

खोला मापदण्डविरुद्ध भूमि अधिकार संरक्षण समिति लगायत विभिन्न करिडोर मापदण्ड पीडित संघर्ष समितिहरूले संयुक्त रुपमा काठमाडौको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढी घरधुरीको उठीबास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ । 

२०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो । सरकारको निर्णय र सर्वोच्चको आदेशका कारण आफूहरू थप मर्कामा परेकाले प्रदर्शन गर्नुपरेको धोविखोला करिडोर प्रभावित समितिका संयोजक ऋषिराम बस्यालले बताए ।  

संघर्ष समितिहरूले सर्वोच्चले आफूहरूलाई न्याय दिने र २०६५ मंसिर १ गते सरकारले समेत जारी गरेको खोला मापदण्ड समेत खारेज हुने जनाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : २१ बजे

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा