सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई « Khabarhub

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चौतारा– प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले हात पारेको छ ।  आज भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई २६–२४, २५–१२ र २५ –२३ को सोझो सेटमा हराउँदै  मेलम्चीले उपाधि जितेको हो । 

मेलम्चीले  उपाधिसँगै नगद रु एक लाख, ट्रफी र प्रमाणपत्र तथा उपविजेता जुगल गाउँपालिकाले  नगद रु ७५ हजार प्राप्त गरेको छ ।
 
प्रतियोगितामा हेलम्बु गाउँपालिकालाई हराउँदै बलेफी गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको छ । उसले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 

चौथो स्थानमा सीमित भएको हेलम्बुले नगद पुरस्कार २५ हजार रुपैयँमा चित्त बुझाएको छ । प्रतियोगितामा ११ समूहबीच प्रतिस्पर्धा भएको थियो । 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ५१ बजे

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी