कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो « Khabarhub

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख कुलमान घिसिङले भोटेकोशी बाढीका क्रममा चिलिमे जलविद्युत् केन्द्रमा थुनिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनालाई प्राविधिक सुझाव तथा सहजीकरण गरेको बताएका छन् ।

घिसिङले विकट भूगोल, हेलिकप्टरबाट ठूला सामान लैजान कठिनाइ, बाढीबाट भएको व्यापक क्षति र विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको बताएका छन् ।

‘चिलिमे जलविद्युत् केन्द्रसँग विगतमा प्राविधिक तथा व्यवस्थापकीय रूपमा जोडिएका कारण विद्युत्गृहका संरचना र अवस्थाबारे परिचित भएकाले नेपाली सेनालाई उद्धारका क्रममा आवश्यक प्राविधिक सुझाव तथा सहजीकरण गरेको थिएँ,’ उनले भनेका छन् ।

बाढीपछि रसुवा सदरमुकाम धुन्चे पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजनामा उद्धार कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पनि घिसिङले बताएका छन् ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत खोज, उद्धार तथा राहतका काम थप प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको जानकारी गराएको बताएका छन् ।

घिसिङले विपद्का बेला व्यक्तिगत भूमिकाभन्दा प्रभावित नागरिकको जीवनरक्षा, शीघ्र खोज तथा उद्धार र राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण हुने बताएका छन् ।

उनले चिलिमे जलविद्युत् केन्द्रमा कार्यस्थलमै विपद्मा परी ज्यान गुमाएका कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । खोज तथा उद्धारमा खटिएका नेपाली सेना, भारतीय सेनाका विज्ञ टोली, नेपाल प्रहरी, चिलिमे कम्पनीका व्यवस्थापन तथा कर्मचारीलगायत सम्पूर्ण उद्धारकर्मी र सहयोगीलाई पनि उनले सम्झिएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ५ : ३८ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख