कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो « Khabarhub

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख कुलमान घिसिङले भोटेकोशी बाढीका क्रममा चिलिमे जलविद्युत् केन्द्रमा थुनिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनालाई प्राविधिक सुझाव तथा सहजीकरण गरेको बताएका छन् ।

घिसिङले विकट भूगोल, हेलिकप्टरबाट ठूला सामान लैजान कठिनाइ, बाढीबाट भएको व्यापक क्षति र विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको बताएका छन् ।

‘चिलिमे जलविद्युत् केन्द्रसँग विगतमा प्राविधिक तथा व्यवस्थापकीय रूपमा जोडिएका कारण विद्युत्गृहका संरचना र अवस्थाबारे परिचित भएकाले नेपाली सेनालाई उद्धारका क्रममा आवश्यक प्राविधिक सुझाव तथा सहजीकरण गरेको थिएँ,’ उनले भनेका छन् ।

बाढीपछि रसुवा सदरमुकाम धुन्चे पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजनामा उद्धार कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पनि घिसिङले बताएका छन् ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत खोज, उद्धार तथा राहतका काम थप प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको जानकारी गराएको बताएका छन् ।

घिसिङले विपद्का बेला व्यक्तिगत भूमिकाभन्दा प्रभावित नागरिकको जीवनरक्षा, शीघ्र खोज तथा उद्धार र राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण हुने बताएका छन् ।

उनले चिलिमे जलविद्युत् केन्द्रमा कार्यस्थलमै विपद्मा परी ज्यान गुमाएका कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । खोज तथा उद्धारमा खटिएका नेपाली सेना, भारतीय सेनाका विज्ञ टोली, नेपाल प्रहरी, चिलिमे कम्पनीका व्यवस्थापन तथा कर्मचारीलगायत सम्पूर्ण उद्धारकर्मी र सहयोगीलाई पनि उनले सम्झिएका छन्।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ५ : ३८ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको