शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ « Khabarhub

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

मध्यमार्गी बाटोबाट विचलित नहुने स्पष्टीकरण


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित आफू पक्षीय नेताहरूको भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिँडिरहेको छु । यसबाट विचलित हुन्न’, उनले आफूनिकट नेताहरूलाई ढाडस दिँदै भने ।

कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने दृढता पनि जनाए ।

पार्टीको कठिन अवस्थामा डा. कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनु पर्नेमा जोड दिएका थिए ।

बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा भएको उक्त छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औँ महाधिवेशन अन्योलमा परेकोमा चिन्ता जाहेर गरे । उनीहरूले त्यसको सुनिश्चितता गरिनुपर्नेमा पर्नेमा जोड दिएका छन् ।

यसका साथै तोकिएको मिति फागुन २१ गते मा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था बनिनसकेको पनि बताएका थिए ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनेसमेत बताएका छन् ।

कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई पनि निर्वाचनमा सहभागी हुन आह्वान गरे ।

डा. कोइरालाले भने, ‘निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको थिएएँ । सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा त्यसको प्रत्याभूति हुन सकेको छैन ।’

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाई न्यायाधीशहरूको निर्णय मान्य हुनेसमेत कोइरालाले बताए ।

नेता-कार्यकर्तालाई निर्वाचनसँगै १५औं महाधिवेशन को तयारी गर्न र त्यसमा लाग्न पनि उनले निर्देशन दिए ।

उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : ०६ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका