सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो « Khabarhub

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छाड्नुपर्ने यसअघिको फैसला उल्ट्याएको छ।

न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलासहितको पूर्ण इजलासले संयुक्त इजलासको फैसला कानून र न्यायको रोहमा नमिलेको ठहर गर्दै बदर गरेको हो। अदालतले सोमबार संक्षिप्त आदेश जारी गरेको छ।

यसअघि २०८० पुस ३ गते सर्वोच्च अदालतको संयुक्त इजलास (न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मा) ले बागमती, विष्णुमती लगायतका नदी किनारमा सरकारले तोकेको न्यूनतम २० मिटर मापदण्डमा थप २० मिटर जोडेर मात्र नक्सा पास र भौतिक निर्माणको अनुमति दिन आदेश दिएको थियो। साथै त्यस क्षेत्रलाई ‘निर्माण निषेधित क्षेत्र’ घोषणा गर्न पनि आदेश दिइएको थियो।

तर उक्त आदेशविरुद्ध नेपाल सरकारको तर्फबाट पुनरावलोकनको निवेदन दायर भएपछि पूर्ण इजलासले त्यस विषयमा पुनरावलोकन गरी फैसला उल्ट्याएको हो।

संक्षिप्त आदेशमा अदालतले संयुक्त इजलासको फैसलामा उल्लेख गरिएको ‘थप २० मिटर छाडेर मात्र नक्सा पास गर्ने, सीमा नतोकिएका नदी खोलामा न्यूनतम २० मिटर सीमा निर्धारण गर्ने, सो क्षेत्रलाई निर्माण निषेधित क्षेत्र घोषणा गर्ने तथा आवश्यक परे क्षतिपूर्ति दिएर जग्गा प्राप्त गर्ने’ भन्ने व्यवस्था कानून र न्यायको दृष्टिले उपयुक्त नदेखिएको जनाएको छ।

पूर्ण फैसलाको विस्तृत पाठ तयार हुन समय लाग्ने भएकाले हालका लागि संक्षिप्त आदेश जारी गरिएको सर्वोच्च अदालतले स्पष्ट गरेको छ।

यो आदेशसँगै बागमती र यसका सहायक नदी किनारमा थप २० मिटर क्षेत्र अनिवार्य रूपमा छाड्नुपर्ने व्यवस्था तत्कालका लागि लागू नहुने भएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : २७ बजे

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर