अर्थसंक्षेप : मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार, ३१ अंकले बढ्यो नेप्से र ईयू–मर्कोसुर स्वतन्त्र व्यापार सम्झौता « Khabarhub

अर्थसंक्षेप : मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार, ३१ अंकले बढ्यो नेप्से र ईयू–मर्कोसुर स्वतन्त्र व्यापार सम्झौता


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१२ अंकले बढेको छ । ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६७२.५५ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढ्दा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने ३१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले यही माघ २ गते गरेका निर्णय आज सार्वजनिक गर्दै विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने उक्त रकम स्वीकार्ने निर्णय गरिएको जानकारी गराएका हुन् ।

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले शनिबार औपचारिक रूपमा बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वभर बढ्दो संरक्षणवाद र व्यापारिक तनावको पृष्ठभूमिमा सम्पन्न यो सम्झौतालाई दुवै पक्षले आर्थिक तथा भूराजनीतिक रूपमा ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् ।

पाराग्वेको राजधानी असुन्सिओनमा सम्पन्न हस्ताक्षर समारोहले एक चौथाइ शताब्दीभन्दा लामो, जटिल र कठिन वार्तालाई औपचारिक रूपमा टुङ्ग्याएको छ । अमेरिकी शुल्क नीतिहरू र बढ्दो चिनियाँ निर्यातको दबाबबीच यो सम्झौता इयुका लागि महत्त्वपूर्ण कूटनीतिक विजय मानिएको छ, जसले स्रोत–धनी दक्षिण अमेरिकी क्षेत्रमा युरोपको प्रभाव विस्तार गर्नेछ ।

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : १९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्