भारत र फिजीबीच कृषि क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सहमति « Khabarhub

भारत र फिजीबीच कृषि क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सहमति


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र फिजीबीच कृषि, चिनी उत्पादन, पशुधन र ग्रामिण विकासजस्ता क्षेत्रमा सहकार्य थप अभिवृद्धि गर्ने सहमति भएको छ । फिजीका कृषि तथा जलमार्गमन्त्री टोमासी टुनाबुना र भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहाणले यसबारे सहमति जनाएका हुन् ।

भारत भ्रमणमा रहेका टुनाबुनाले नयाँ दिल्लीस्थित कृषि भवनमा चौहाणसँग भेटवार्ता गरी यस्तो सहमति जनाएका हुन् । दुई देशका मन्त्रीले द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

भेटवार्ताका क्रममा मन्त्री टुनाबुनाले फिजी सरकार र फिजियन जनताको अभिवादन पेश गरेका थिए । द अस्ट्रेलिया टुडेका अनुसार फिजीले पछिल्लो समय आधुनिक, जलवायु सहनशील र प्रविधिमा आधारित कृषि उद्योगको विकास गर्ने पहल गरिरहेको छ ।

यसका लागि डिजिटल तथा स्मार्ट कृषि, ड्रोन प्रविधि, नानो मलखाद, कृषि प्रशोधन, पशुधन एवम् दूग्ध क्षेत्रको विकास, चिनी उद्योग तथा चक्रीय जैविक अर्थतन्त्रतर्फ फिजी सरकारले पहल गरिरहेको छ । यसका लागि भारतको सहयोग आवश्यक रहेको मन्त्री टुनाबुनाले जनाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ०१ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र