काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा फेरि एक जना महिलालाई बेपत्ता पारिएको घटना सार्वजनिक भएको छ । बलोचिस्तानको हुब चौकी क्षेत्रबाट पाकिस्तानी सुरक्षा बलले नियन्त्रणमा लिइएकी महिला बेपत्ता पारिएकी हुन् ।
खास घर पञ्जगुर क्षेत्र रहेकी फतिमा हुबको अक्रम कोलोनीमा बसोबास गर्दै आएकी थिइन् । उनलाई अज्ञात ठाउँ लगिएको बलोचिस्तान पोस्टले जनाएको छ ।
पोस्टले परिवारलाई उद्धृत गर्दै जनाएअनुसार उनलाई नियन्त्रण गर्नुको कारण र उनलाई राखिएको स्थानबारे केही जानकारी दिइएको छैन । उनलाई बेपत्ता पारिएपछि परिवारमा गहिरो चिन्ता छाएको छ ।
हुब चौकी क्षेत्रबाट व्यक्ति बेपत्ता पारिएका घटना बढ्दै गएको छ । गत नोभेम्बर र डिसेम्बरमा पनि सो क्षेत्रबाट केही व्यक्तिलाई बेपत्ता पारिएको थियो ।
सन् २०२५ मा मात्रै बलोचिस्तानका विभिन्न क्षेत्रबाट १२ जना महिला तथा बालबालिकालाई बेपत्ता पारिएको थियो । मानव अधिकारवादी संस्थाहरुले बलोचिस्तानमा जारी व्यक्ति बेपत्ता पारिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै आएका छन् ।













प्रतिक्रिया