पाकिस्तानमा अफगान शरणार्थी पक्राउ पर्ने क्रम तीव्र « Khabarhub

पाकिस्तानमा अफगान शरणार्थी पक्राउ पर्ने क्रम तीव्र


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी प्रहरीले अफगान शरणार्थीलाई पक्राउ गर्ने अभियान तीव्र बनाएको छ । मुख्यगरी राजधानी इस्लामावाद शहरमा धमाधम अफगान शरणार्थी पक्राउ पर्ने क्रम चलिरहेको छ ।

उनीहरुलाई पक्राउ गरी अस्थायी शिविरमा लैजाने गरिएको खामा प्रेसले जनाएको छ । यसरी पक्राउ परेका अफगान शरणार्थीमध्ये एक जना अफगान पत्रकार पनि रहेका छन् ।

उनीहरुलाई अफगानिस्तान पठाइनेछ । समाचारमा जनाइए अनुसार इस्लामावादको बी १७ क्षेत्रबाट पक्राउ परेका शणार्थीलाई हाजी शिविर लगिएको छ ।

अधिकारकर्मीहरुले प्रहरीको यस्तो गतिविधिले शरणार्थीका परिवारमा दबाब र मानसिक चिन्ता पैदा गरेको छ । वर्षौँदेखि कुनै कानुनी संरक्षणबिना पाकिस्तानमा बसोबास गरिरहेका अफगान शरणार्थी पाकिस्तानी प्रहरीको निशानामा परेका छन् ।

पाकिस्तानले दशकौँदेखि दशौँ लाख अफगान शरणार्थीलाई शरण दिँदै आएको छ । यद्यपि पछिल्ला केही वर्षयता पाकिस्तान सरकारले अफगान शरणार्थीलाई पक्राउ गरी देश निकाला गर्ने क्रमलाई तीव्र पारेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : १५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित