प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबाट तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन « Khabarhub

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबाट तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ को लाइन तथा सवस्टेशनको स्थलगत अनुगमन गरेका छन् ।

लाइन निर्माण सम्पन्नपछि सञ्चालनमा आएसँगै उनले स्थलगत अनुगमन गरेका हुन् । उनले गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभीए) मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ (४६ एमभीए), बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ (४६ एमभीए) क्षमताका सवस्टेशन तथा लाइनको स्थलगत अनुगमन गरेका हुन् ।

शाक्यकै उपस्थितिमा थप प्राविधिक निरीक्षणपछि परीक्षणमा रहेको उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बुर्तिबाङ सवस्टेसनसम्मको १३२ केभी क्षमताको विद्युत् सर्किट प्रसारणलाइन चार्जमा ल्याएको प्राधिकरणले जानकारी दिएको छ ।

शाक्य नेपाल विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख राजन ढकाल, उच्च भोल्टेज ग्रिड विकास विभागका निर्देशक केदारराज सिलवाल र मझौला भोल्टेज ग्रिड विकास विभागका निर्देश अच्युतबाबु घिमिरेलाई साथमै लिएर ती सवस्टेशनहरु र लाइनको स्थलगत अनुगमनमा पुगेका थिए ।

अनुगमनपछि शाक्यले विद्युत आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उदेश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्वपूर्ण रुपमा लिएको जानकारी दिए ।

शाक्य गुल्मी पुग्दा गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे पनि तम्घास सवस्टेशनमा पुगेका थिए । ‘यहाँबाट पौँदीअमराइ सवस्टेसन र बुर्तिबाङ सवस्टेशनबाट प्रसारण सुरु भएको छ । पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत आपुर्तिमा समस्या हुने अवस्था थियो,’ उनले तम्घास सवस्टेशनको निरीक्षणपछि भने, ‘अहिले १३२ केभी प्रसारणलाइनमा चार्ज भैसकेपछि विद्युत नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु । यो भरपर्दो विद्युत आपूर्तिका लागि सकारात्मक कुरा हो ।’

उनले यी सवस्टेशनमा चार्ज भएसँगै उद्योग–व्यवसायीहरुलाई समेत प्राधिकरणले भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन सक्नेमा प्राधिकरण आशावादी रहेको बताए ।

आयोजना प्रमुख मनोजप्रसाद चौधरीले यो आयोजना कपिलबस्तुको मोतिपुरदेखि बागलुङ जिल्लाको बुर्तिबाङसम्म पाँच ओटा सवस्टेशन रहेको भन्दै यो आयोजना  पूर्ण क्षमतामा सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो, नियमित र गुणस्तरीय बन्नेमा आशावादी रहेको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : २२ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)