यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण « Khabarhub

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट प्रदर्शनमा आएका दुई फिल्महरु ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन स्थगित भएको छ ।

यी दुवै फिल्मले फागुन २१ गतेको निर्वाचनलाई कारण देखाएर प्रदर्शन स्थगित गरेका छन् । विज्ञप्ति जारी गरी फागुन ६ गतेबाट यी दुई फिल्म हलबाट उतारिएको छ ।

‘श्री बुकुरो’ टिमले विज्ञप्तिमा लेखेको छ, ‘देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै निर्माता पक्षको निर्णयअनुसार प्रदर्शन स्थगित गरेको जानकारी गराइन्छ ।’

‘बिगुल’ टिमले निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखेर प्रदर्शन स्थगित गरेको दाबी गरेको छ ।

स्थगितको कारण विज्ञप्तिमा जे देखाए पनि वास्तविकता फरक छ । दुवै फिल्मको व्यापार न्यून छ । पछिल्लो समय फिल्महरुलाई १ करोड ग्रस कलेक्सन पु¥याउन पनि मुस्किल परिरहेको छ ।

यी दुई फिल्मको हकमा पनि यही भएको हो । सोहीकारण यी फिल्म हलबाट उतारिएको स्पष्ट छ । फागुन १ देखि ५ गतेसम्म यी फिल्मको व्यापार निकै लाखमै सीमित छ ।

अर्को कुरा– चुनावमा केन्द्रित हुँदा दर्शक हलमा आएनन् भन्ने सोचले यी दुई फिल्म हलबाट उतारिएको हो । यो तर्क पनि कम अकुपेन्सीसँगै जोडिन्छ ।

अझ, ‘बिगुल’ त चुनावअघि नै हेर्नुपर्ने फिल्म भनेर प्रचार गरिएको थियो । अहिले हलबाट उतारिँदा निर्माण पक्षमाथि नैतिक प्रश्न स्वभाविक उठेको छ ।
‘श्री बुकुरो’ अब वैशाख १८ बाट प्रदर्शनमा आउने बताइएको छ । ‘बिगुल’को नयाँ प्रदर्शन मिति तोकिएको छैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : ५३ बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१