उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार « Khabarhub

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको र उद्धार गरिएका मध्ये एक जनालाई  बेहोस अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएको छ ।

नजिकैका एक जना बासिन्दाले आपतकालीन सेवालाई खवर गरे पछि होक्काइडो प्रान्तको सप्पोरो शहर स्थित भवनको छतबाट खसेको हिउँमा गाडिएको अवस्थामा उनीहरूलाई उद्धार गरेको  स्थानीय अग्निशमन विभागलाई उद्धृत गर्दै क्योडो न्यूजले रिपोर्ट गरेको छ ।

अग्नि नियन्त्रकहरूले घटनाको पुष्टि गर्दै बेहोसी अवस्थामा फेला परेका एक जनालाई अस्पताल लगिएको जनाएका छन् । स्थानीय मौसम विज्ञानका अनुसार प्रभावित क्षेत्रको तापक्रम २.९ डिग्री सेल्सियस थियो, जुन सामान्यतया मार्चको सुरुमा रेकर्ड गरिएको थियो ।

हिउँले पुरिएको भवन कम्पनीको गोदाम रहेको जनाइएको छ भने  स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १ : १३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६