इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी « Khabarhub

इरान–अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिका बिचको वार्ताले निर्णायक र रचनात्मक परिणाम ल्याउने आशा व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारहरूसँगको साक्षातकारमा इरान र अमेरिकाबिचको अप्रत्यक्ष वार्ताको निरन्तरतालाई स्वागत गरेका छन् । जसको पहिलो चरण ओमानले आयोजना गरेको थियो भने दोस्रो चरण स्विजरल्याण्डको जेनेभामा भएको थियो ।

गुटेरेसले वार्ताले क्षेत्रीय तनाव तथा युद्धको अन्त्य गरी दिगो व्यवस्थापन गर्ने आशा व्यक्त गर्दै संयुक्त राष्ट्रको बडापत्र अनुसार द्वन्द्व समाधान गर्नुपर्ने कुरामा जोड दिए ।

तेहरान र वासिङ्टन बिचको अप्रत्यक्ष वार्ता फेब्रुअरी – ६ मा ओमानको राजधानी मस्कटमा सुरु भएको थियो । जहाँ इरानी र अमेरिकी प्रतिनिधिमण्डलले जेनेभामा दोस्रो चरणको वार्ता गर्न सहमत हुनु अघि ओमानी मध्यस्थता मार्फत विभिन्न दृष्टिकोण आदान–प्रदान गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : २१ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६