चिनियाँ रोबोटलाई भारतको गलगोटिया विश्वविद्यालयले आफ्नो भनेपछि… « Khabarhub

चिनियाँ रोबोटलाई भारतको गलगोटिया विश्वविद्यालयले आफ्नो भनेपछि…


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत सरकारले नयाँ दिल्लीमा जारी एआई समिटको एक्सपो क्षेत्रमा सहभागी गलगोटिया विश्वविद्यालयलाई हटाएको समाचार बाहिरिएको छ।

सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले यस्तो जानकारी दिएको भारतीय सञ्चारमाध्यमले बुधबार उल्लेख गरेका छन् ।

उत्तर प्रदेशको नोयडास्थित उक्त विश्वविद्यालयले चिनियाँ रोबोटिक कुकुरलाई आफ्नै आविष्कार भन्दै प्रस्तुत गरेको भिडियो भाइरल भएपछि यो कदम चालिएको बताइएको छ।

तर विश्वविद्यालयकी प्राध्यापक नेहा सिंहले आफूहरूलाई एक्सपो क्षेत्र खाली गर्न भनिएकोबारे जानकारी नभएको बताइन् । उनले विश्वविद्यालयको टोली अझै समिटमै रहेको बताएकी छन्।

भिडियो भाइरल भएपछि विवाद

भाइरल भिडियोमा प्राध्यापक सिंहले रोबोटिक डगको नाम ‘ओरियन’ रहेको र यसलाई विश्वविद्यालयको ‘सेन्टर अफ एक्सिलेन्स’ले तयार पारेको दाबी गरेकी थिइन्। उनले एआई क्षेत्रमा ३५० करोड रुपैयाँ लगानी गरिरहेको पनि बताएकी थिइन्।

तर टेक विज्ञ र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त रोबोट वास्तवमा चिनियाँ कम्पनी युनिट्री रोबोटिक्सको ‘युनिट्री जीओ २’ मोडेल भएको दाबी गरे। उक्त मोडेल बजारमा करिब २ देखि ३ लाख रुपैयाँमा उपलब्ध रहेको जनाइएको छ।

विश्वविद्यालयको स्पष्टीकरण

विवाद चर्किएपछि विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै रोबोटिक डग आफूहरूले निर्माण नगरेको स्पष्ट पारेको छ।

‘युनिट्री’बाट खरिद गरिएको रोबोट विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइका लागि ल्याइएको जनाउँदै यसलाई आविष्कार भनेर दाबी नगरेको विश्वविद्यालयले उल्लेख गरेको छ ।

विद्यार्थीहरूले यस रोबोटमार्फत् अध्ययन, परीक्षण र अनुसन्धान गरिरहेको जनाउँदै विश्वविद्यालयले विश्वस्तरीय प्रविधि अध्ययनका लागि क्याम्पसमा ल्याउने क्रम जारी रहने बताएको छ।

प्राध्यापकको प्रतिक्रिया

प्राध्यापक नेहा सिंहले उत्साहमा स्पष्ट रूपमा कुरा राख्न नसक्दा विवाद भएको स्वीकार गरेकी छन्। उनले समिटको एक्सपो क्षेत्र खाली गर्न भनिएकोबारे आफूलाई जानकारी नभएको दोहोर्‍याइन्।

एक्सको ‘कम्युनिटी नोट’

विश्वविद्यालयको स्पष्टीकरणपछि सामाजिक सञ्जाल प्लेटफर्म एक्सले उक्त पोस्टमा ‘कम्युनिटी नोट’ थपेको छ। नोटमा विश्वविद्यालयले रोबोटलाई आफ्नै भनेर दाबी गरेको भनाइ भ्रामक भएको उल्लेख छ।

कांग्रेसको आरोप

मुख्य विपक्षी दल भारतीय आई कंग्रेसले यस प्रकरणबाट अन्तर्राष्ट्रिय स्तरमा भारतको छवि धुमिल बनाएको आरोप लगाएको छ। पार्टीले केन्द्रीय मन्त्री अश्विनी विश्वासले समेत यस विषयमा संलग्न रहेको दाबी गरेको छ।

कांग्रेस नेता राहुल गान्धीले एआई समिटलाई ‘पीआर कार्यक्रम’ जस्तो भएको टिप्पणी गर्दै भारतको प्रतिभा र डेटा सही ढंगले प्रयोग हुन नसकेको बताएका छन्।

के हो युनिट्री जीओ२ ?

युनिट्री जीओ २ चिनियाँ कम्पनी युनिट्री रोबोटिक्सद्वारा निर्मित एआई–सक्षम रोबोटिक डग हो।

यसमा फोरडी लिडार प्रविधि जडान गरिएको छ, जसले सिँढी चढ्न, उकालो ओरालो बाटोमा हिँड्न र अवरोध पहिचान गर्न सहयोग गर्छ।

करिब २–३ लाख भारतीय रुपैयाँ मूल्य पर्ने यो रोबोट भ्वाइस कमान्डमार्फत् सञ्चालन गर्न सकिन्छ । मुख्यतः प्राविधिक अनुसन्धान तथा शैक्षिक प्रयोगमा यो उपयोगी मानिएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : २७ बजे

कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले

कांग्रेसको घोषणापत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने

काठमाडौं- नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दै

शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको

गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचन लक्षित भिजन सार्वजनिक गर्दै छोराछोरी