दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा « Khabarhub

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदैछिन् । संसद्बाट हुने यो पुनर्नियुक्ति औपचारिक प्रक्रिया मात्र भए पनि यसले उनलाई दोस्रो कार्यकालमा देशलाई थप रूढिवादी तथा सुरक्षा–केन्द्रित दिशातर्फ अघि बढाउने स्पष्ट संकेत दिएको छ ।

तल्लो सदनका ४६५ सिटमध्ये दुई तिहाइ बहुमत हासिल गरेको उहाँको लिबरल डेमोक्रेटिक पार्टीलाई विधेयक अघि बढाउन उल्लेखनीय सहजता प्राप्त भएको छ । माथिल्लो सदनमा बहुमत नभए पनि तल्लो सदनको ‘सुपरमेजोरिटी’ का कारण समितिहरूमा प्रभुत्व कायम राख्दै अस्वीकृत विधेयक पुनः पारित गराउन सकिने अवस्था छ । यही राजनीतिक बलमा उनले सैन्य क्षमता विस्तार, सरकारी खर्च वृद्धि र रूढिवादी सामाजिक नीतिलाई संस्थागत गर्ने योजना अघि सारेकी छन् ।

आगामी दिनमा उनको प्राथमिकता बढ्दो मूल्य र सुस्त ज्याला समस्यालाई सम्बोधन गर्नु रहेको छ । चुनावका कारण ढिलाइ भएको बजेट विधेयक पारित गराउनु उनको पहिलो कार्यसूचीमा परेको छ । जीवनयापनको लागत घटाउन दुई वर्षका लागि खाद्य सामग्रीमा बिक्री कर कटौती गर्ने प्रस्ताव उनले अघि सारेकी छन् । तर अर्थविशेषज्ञहरूले उदार वित्तीय नीतिले मुद्रास्फीति चर्किन सक्ने र जापानको ठूलो राष्ट्रिय ऋण घटाउने प्रयास सुस्त हुन सक्ने चेतावनी दिएका छन् ।

सुरक्षा र परराष्ट्र नीतिका विषयमा उनले अत्यन्त सावधानी र सन्तुलनका साथ आफ्नो धारणा व्यक्त गरेकी छन् । बेइजिङले दाबी गरेको स्वशासित ताइवानसँग सम्बन्धित कुनै अवस्था उत्पन्न भएमा जापानले परिस्थिति हेरेर आफ्नो भूमिकाबारे विचार गर्ने कुरा उनले यसअघि उल्लेखगरेकी थिइन् ।

यस विषयले चीन र जापानबीच कूटनीतिक तहमा सामान्य चासो र संवादलाई निरन्तरता दिएको देखिएको छ । देशभित्र क्षेत्रीय स्थिरताबारे चासो राख्ने केही समूहले उनको भनाइलाई सकारात्मक रूपमा बुझेका छन् । साथै, टोकियोस्थित यासुकुनी तीर्थस्थल सम्बन्धी विषयमा विभिन्न मत रहेकाले उहाँले सबै पक्षसँग परामर्श गर्दै अघि बढ्ने संकेत गरेको बताइएको छ । 

रक्षा क्षेत्रमा उनले घातक हतियार निर्यातमा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने, आणविक–सञ्चालित पनडुब्बी विकासको सम्भावना अध्ययन गर्ने र वर्षको अन्त्यसम्म सुरक्षा नीति परिमार्जन गर्ने वाचा गरेकी छन् । गुप्तचर संयन्त्र सुदृढ पार्न राष्ट्रिय एजेन्सी स्थापना र वासिङ्टन, अस्ट्रेलिया तथा बेलायतसँग अझ नजिक सहकार्य गर्ने योजना पनि उनको एजेन्डामा छ । 

चिनियाँ जासुसी गतिविधि लक्षित कानूनलाई समर्थन गरेको उनको निर्णयले नागरिक अधिकार कमजोर हुन सक्ने भन्दै केही विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

अप्रिलमा हुने सम्भावित शिखर भेटवार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध सुदृढ पार्ने प्रयाससमेत तीव्र पारिएको छ । जापानले अघिल्लो अक्टोबरमा प्रतिबद्ध गरेको पाँच खर्ब ५० अर्ब डलर लगानी प्याकेजअन्तर्गत प्रारम्भिक ३६ अर्ब डलरका परियोजनामा संलग्न हुने घोषणा भइसकेको छ । 

ओहायोमा प्राकृतिक ग्यास प्लान्ट, गल्फ कोस्टमा कच्चा तेल निर्यात सुविधा र कृत्रिम हीरा उत्पादन स्थल त्यसका उदाहरण हुन् । साथै, वार्षिक रक्षा खर्च बढाउन पनि जापानमाथि दबाब बढिरहेको छ । रिट्सुमेइकन विश्वविद्यालयका प्राध्यापक मासाटो कामिकुबोका अनुसार जापानी जनताले सुरक्षा सुनिश्चित गर्ने दृढ नेतृत्व अपेक्षा गरेका छन् ।

आन्तरिक नीतिमा उनले आप्रवासन र विदेशी नागरिकमाथि कडा नियम लागू गर्ने प्रस्ताव गरेका छन् । स्थायी बसोबास, नागरिकता प्रक्रिया र कर तथा सामाजिक बिमा भुक्तानीसम्बन्धी प्रावधान कडा पार्ने निर्णय सरकारले जनवरीमै स्वीकृत गरिसकेको छ । 

सामाजिक मुद्दामा उनले शाही परिवारको पुरुष–मात्र उत्तराधिकार प्रणालीलाई समर्थन गर्दै समलिङ्गी विवाहको विरोध गरेका छन् । विवाहित जोडीलाई छुट्टाछुट्टै थर प्रयोग गर्न दिने कानूनी संशोधनप्रति उनी असहमत छन्, बरु उपनामका रूपमा पहिलो नामको प्रयोग विस्तार गर्ने विकल्प अघि सारेका छन् ।

दोस्रो कार्यकालमा प्रवेश गर्दै ताकाइचीले आर्थिक दबाब, जनसाङ्ख्यिकीय चुनौती र क्षेत्रीय सुरक्षा तनावबीच देशलाई थप कडा नीतितर्फ डोर्‍याउने संकेत दिएकी छन् । उनको सुपरमेजोरिटीले मार्ग प्रशस्त गरे पनि ती नीतिहरूले जापानको आन्तरिक सन्तुलन र छिमेकी मुलुकसँगको सम्बन्धमा कस्तो प्रभाव पार्नेछ भन्ने प्रश्न अझै खुला नै छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : ४० बजे

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी