पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो « Khabarhub

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई एकै पटकमा सिद्याउनुपर्ने बताएका छन् ।

धनगढीमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले फागुन २१ को चुनावमार्फत् पुराना सबै दलको सटर बन्द गर्नुपर्ने बताएका हुन् ।

‘सुदूरपश्चिमको अधिकारलाई उपयोग गरेर वर्षौँसम्म दोहन गर्ने काम अब बन्द गर्नुपर्छ । यस पटक पुराना दलको सबै सटर अब एकैचोटी बन्द गर्ने हो’, उनले भने, ‘वर्षौँसम्म त्यही एजेन्डलाई भोट बैंक बनाएर राखिराख्ने कामलाई अब एकै झट्कामा बन्द गर्नुपर्छ।’

उनले जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रको बलढ्यांग्रे अक्षरले लेख्ने काम आफूहरूले हटाउने पनि बताएका छन्

‘अब जनताले भोट दिएर उनैले सजाय पाउने काम पनि हट्छ। अब वाचा पूरा नगर्नेलाई सजाय दिनुपर्छ’, उनले भने, ‘भारतमा काम गरिरहेकाहरूलाई पनि यहीँबाट प्रमाण गर्छु । यो देशमा चुनाव पहिले पनि भएको हो । सधैँ नेताले मात्रै जिते, जनताले जितेनन् । यस पटक जनतालाई जिताउने हो ।’

उनले अब आफ्नो या अरू कसैको राजनीतिक आकांक्षा ठूलो नभएर जनताको आकांक्षा ठूलो भएको बताएका छन् । ‘यस पटक मत नबाँड्नु होला । तपाईंको निष्ठालाई सम्मान गर्छु । देशको अस्तित्व जोगाउने ऐतिहासिक योगदान दिने बेलामा मत फेर्नुस्’, उनले भने, ‘हाम्रै पार्टी भविष्यमा के हुन्छ म भन्न सक्दिँन । तर इतिहास बदल्न एक साथ हिँडौँ ।’

उनले रवि-बालेनहरू यसपटक मिलेर आएका बताउँदै सबै कुरा एकै पटक बदल्ने बताए । ‘मेडिकल कलेज र बाटोघाटोका कुरा एकै पटक बदल्ने हो । सिंहदरबार जलेको भए बनाउने हो तर पहिले त्यसलाई बदल्ने हो’, उनले भने, ‘तिनीहरू आए पनि गरिबको घरमा डोजर चलाउलान् भन्लान्। तर तिनलाई सोधौँ, ३५ वर्षसम्म जनताको सपनामा कसले डोजर चलायो ? यस पटकको चुनावमा देशैभरका घण्टीबाहकलाई जिताउनुपर्नेछ ।’

उनले घर घरमा गएर यस पटक भोट बाँड्ने काम नगर्न भन्न पनि अपील गरे । ‘बेथिति र भ्रष्टाचार पूरै फ्याँक्ने कि आधी फ्याँक्ने । त्यसैले प्रत्यक्ष र समानुपातिक दुवैमा घण्टीलाई भोट दिनुहोला’, उनले भने।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : ४१ बजे

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा  काठमाडौं क्षेत्र नम्बर

इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति

एजेन्सी- इजरायलले रमजान महिनामा पूर्वी जेरुसेलमस्थित अल-अक्सा मस्जिदमा साप्ताहिक शुक्रबारको

कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार

काठमाडौं– नेपाली कांग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार