चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी « Khabarhub

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका, मोरङको इटहरी उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका,स्याङ्जाको बालिङ नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य सेवा विभागका नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरादेवी निरौला जानकारी दिइन् । 

ती नगरपालिकाको प्रत्येक वडामा एक जना नर्सले खटिई स्थानीयवासीको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्लन, स्वास्थ्य अवस्थालगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने उनले बताइन् । ‘घरदैलो कार्यक्रममा नर्सहरू प्रत्येक घरमा गई गर्भवतीदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसम्मको डिजिटल प्रोफाइल तयार गरिन्छ’, उनले भनिन्, ‘ती व्यक्तिको स्वास्थ्य जोखिमको आधारमा समय समयमा उपचारात्मक सेवा प्रदान गर्ने गर्दछन् ।’

चन्द्रागिरि नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख एवं  वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले विगत तीनवर्षदेखि नगरपालिकाका १५ वटै वडामा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै यसबाट मार्फत बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लाभान्वित भएको बताए । 

उनका अनुसार कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व र  नसर्ने रोगको सेवा बढी प्रभावकारी छन् ।  उनले भनिन्, ‘घरदैलोमा पुगेको समयमा नर्सहरूले रक्तचापको जाँच, मधुमेह, उच्च रक्तचाप, शरीरको तौललगायतको परीक्षण गर्दछन् ।’ घरमा नै स्वास्थ्य जीवनशैली प्रवर्द्धन गरी सर्ने र नसर्ने रोग कम गराउन पनि कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोको भनाइ रहेको छ ।

नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक निरौलाले नर्सिङ घरदैलो कार्यक्रममा खटिने नर्सले गर्भवती, सुत्केरी, सुत्केशीपश्चात्, नवशिशु स्वास्थ्य, बालस्वास्थ्य, किशोरकिशारी स्वास्थ्य, वयस्कदेखि ज्येष्ठ नागरिकलाई घरमा गई नियमित स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत प्रदान गर्ने बताए ।  यस्तै मानिसलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, मानसिक स्वास्थ्य, स्तन क्यान्सरसमेतको जनचेतना फैलाउने छन् ।

यस्तै घरघरमा पुगी नर्सहरूले मानिसको व्यवहार गर्ने, स्वस्थ जीवनशैली र सन्तुलित खाना खान प्रोत्साहन र धूम्रपान तथा मद्यपान निरुत्साहित समेत गर्ने छन् । कार्यक्रमले गर्दा बर्दिबास नगरपालिकामा संस्थागत रुपमा सुत्केरी गराउने  बढेको महाशाखाका निर्देशक निरौलाले जानकारी दिए । उनले अन्य स्थानीय तहमा पनि चाँडै  कार्यक्रम लागू गर्ने बताए । 
 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : ४५ बजे

ड्रोनबाट यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले नामीबियालाई दियो २०० रनको चुनौती

कोलम्बो- टी-२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई २०० रनको

झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु – बालेनले सुदूरपश्चिममा जे भने

काठमाडौं– नमस्कार ! के छन् हालचाल निकाई छौ कि नाई

कांग्रेसको भिजन : मुलुकको समृद्धिको मुख्य सारथी किसानलाई बनाउने

काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन २१ गते सार्वजनिक गर्न लागेको

एमाले उम्मेदवार र नेताहरूलाई ओलीको निर्देशन : भ्रम चिर्दै जनताको घरघरमा पुग्नू

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घर घर