निर्वाचन विरोधी भन्दै धमाधम धरपकड : धर्मेन्द्रपछि ऋषि कट्टेल पनि समातिए « Khabarhub

निर्वाचन विरोधी भन्दै धमाधम धरपकड : धर्मेन्द्रपछि ऋषि कट्टेल पनि समातिए


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपाका महासचिव ऋषि कट्टेललाई पनि पक्राउ गरेको छ। उनीसँगै नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पनि समातिएका छन् ।

कट्टेललाई बुधबार दिउँसो करिब १ बजे कीर्तिपुरबाट पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेलाई पक्राउ गरिएको बताए । उता बास्तोलालाई प्रहरीले मंगलबार नै समातिसकेको छ ।

मंगलबार बास्तोलासहित नेकपा बहुमतका नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी शाहलाई प्रहरीले हिरासतमा लिएको छ ।

कट्टेल नेतृत्व नेकपा, नेकपा बहुमतसहित साना कम्युनिस्ट दलहरूले निर्वाचन बहिष्कार गर्ने बताएका छन् । बहिष्कार गर्ने भनेकै भरमा उनीहरूलाई निर्वाचन विरोधी करार दिएर सरकारले धरपकड गरेको हो ।

उनीहरूले निर्वाचन अवधिमा आपराधिक गतिविध गर्न सक्ने अनुमानसहित समातिएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार पक्राउ गरेर चार दिनको म्याद लिइएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ४ : २९ बजे

इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति

एजेन्सी इजरायलले रमजान महिनामा पूर्वी जेरुसेलमस्थित अल-अक्सा मस्जिदमा साप्ताहिक शुक्रबारको

कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार

काठमाडौं– नेपाली कांग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार

छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउँछौ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा छोराछोरी पढाउन आर्थिक

गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि

‘शिवांश’ पनि हलबाट निकाले, फागुन १ का तीनै फिल्म रोकिए

काठमाडौं – फागुन १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘श्री