ममता शर्मा भन्छिन् : दागैदाग भएकाको बिगबिगी देखेपछि रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेँ « Khabarhub

ममता शर्मा भन्छिन् : दागैदाग भएकाको बिगबिगी देखेपछि रास्वपा छाडेर कांग्रेसमा प्रवेश गरेँ


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम‍‍- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

जनकपुरधामको तिरुहुतियागाछीमा बुधबार आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले स्वागत गरे ।

पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले रास्वपा छाडेको बताइन् । उनले प्रतिज्ञा सभामा भनिन्, ‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि मैले गरेको योगदान खेर गयो । उक्त पार्टी परित्याग गरी जेन-जीको भावना बोक्ने र सुशासनको काममा जोड दिने कांग्रेसमा प्रवेश गरेकी हुँ।’

उनले कांग्रेस ८० वर्षको विरासत बोकेको मात्रै नभई मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापतिले नै उम्मेदवारी दिएकाले सबैले मधेशी जनताले साथ दिनुपर्ने बताइन् ।

उनले हरेक पटकको चुनावमा मधेशले नेताहरूलाई भोट दिए पनि नेताहरूले मधेसलाई चोटैचोट दिएको हुनाले यसपटक बदलिएको कांग्रेसलाई भोट दिन पनि अपील गरिन् ।

मैथिली भाषामा बोल्दै उनले भनिन्, ‘सब दाइब मधेससक जनतासब भोट नेतासबके देने है। मगर सब दिनसे नेतासब मधेसक जनताके लुइट रहल है। यहाँ सब यी दाइब मधेसमे निक उम्मेदवार छानू,कांग्रेसके उम्मेदवारके पहचानू ।’

शर्माले अहिले गगन नेतृत्वको कांग्रस नयाँ रास्वपा भएको बताइन् । वैकल्पिक भनिएको रास्वपा भने पुरानो कांग्रेसको शैलीमा गएको उनले टिप्पणी गरिन् ।

भनिन्, ‘अहिले कांग्रेस गगन दाइको नेतृत्वमा बदलिएर नयाँ रास्वपा जस्तो बनेको छ। तर आफूलाई वैकल्पिक भनिएका रास्वपाका नेताहरू दागैदाग भएका,आर्थिक चलखेलमा मुछिएका, मुद्दैमुद्दामा लागेका छन्। सब पुराना कांग्रेस जस्ता छन् ।’

उनले अब आफैं मधेसको नारीले सच र देशलाई अगाडि बढाउने पार्टीमा लागेको भन्दै सबैले कांग्रेस उम्मेदवारहरूलाई भोट दिन अपील गरिन् ।

उनले मधेसबाट खाडीमा हरेक घरबाट एकजना पुरुष वैदेशिक रोजगारीमा गएकाले यहाँ महिला नै भोटमा निर्णायक भूमिका रहेको बताइन् । उनले महिलाको सम्मान, त्याग र बलिदानलाई बुझ्‍‍ने पार्टी कांग्रेस भएकाले यस पटककको मत सोचेर गाछीमै हाल्न अनुरोध गरिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ४ : ३८ बजे

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज