झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु – बालेनले सुदूरपश्चिममा जे भने « Khabarhub

झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु – बालेनले सुदूरपश्चिममा जे भने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नमस्कार ! के छन् हालचाल निकाई छौ कि नाई ? बेली छकालै एउटा सुइना देख्या थिए सुदूरपश्चिम बनेको, देश बनेको । त्यो सपना पुरा गर्न्या हो र त्यो पुरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो । 

बोहोरा जी बुझ्या छौ कि नाइँ ? 

खल्तीमा पैसा नभको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा ।

खल्तीमा पैसा नभको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्यो त्यो हो हाम्रो एजेन्डा । 

रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो । यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन यहाँको बाटो किन बनाउने रु यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने रु 

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिड्ने बाटो पनि बनाउँछ, एमाले हिड्ने बाटो पनि बनाउँछ, माओवादी हिड्ने बाटो पनि बनाउँछ । सबै नेपाली जनता हिड्ने बाटो बनाउँछ ।
 
मान्छेले देशलाई स्विजरल्याण्ड बनाउनुपर्छ भन्छन् स्विजरल्याण्डको बाउ बढी मालिका यहीँ छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड ? स्विजरल्याण्डको पराकाष्ठा रामा रोसन यही छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड ? खप्त नेशनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड ? 

हामी नेपालीहरू माल भको चाल न पाको मान्छेहरू पर्यौँ । भाको चिज देखाउनै सक्या छैन । सुदूरपश्चिमलाई जोड्नै सक्या छैन । 

सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन, सुदूर पश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ, आठ लाख सब्सक्राइबर भको, एक मिलियन सब्सक्राइबर भको । तर, त्यो गीत काठमाडौँको चोकचोकमा बच्दैन । 

जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोकचोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग । 

सुरुमा त गीत बज्नु पर्यो त्यसपछि आवाज बच्छ त्यसपछि माग पुरा हुन्छ । सुन्दा सानो जस्तो लाग्छ तर, त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा । सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनु पर्यो राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा । 

तपाईँहरूलाई आज यहाँ आएर भेट्न पाइयो धेरै खुशी लागेको छ म धेरै बोल्ने मान्छे हैन राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँहरूसँग यहाँ भोट माग्न आको हैन काम माग्न आको हो काम दिनुस् है । 

तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो, के छ तपाईँहरूको काम हाम्रो उम्मेद्वारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु । 

भोट नदिए पनि हुन्छ बरु कामको लिस्ट दिनु काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले ।

(जनताले चश्मा खोलेर आँखा हेर्न भनेपछि) हजुर आँखा हेर्न पर्दैन, काम हेर्नु होला । म धेरै बोल्दिनँ । धेरै धेरै धन्यवाद ! सुदूर अब दूर नाइँ झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु !

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ०७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल