कांग्रेसको भिजन : मुलुकको समृद्धिको मुख्य सारथी किसानलाई बनाउने « Khabarhub

कांग्रेसको भिजन : मुलुकको समृद्धिको मुख्य सारथी किसानलाई बनाउने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन २१ गते सार्वजनिक गर्न लागेको प्रतिज्ञा पत्रको ‘भिजन’ दस्तावेजमा समृद्ध र समानित नेपाल निर्माणलाई मुख्य प्राथमिकता दिइएको छ।

सभापति गगनकुमार थापाको नेतृत्वमा तयार पारिएको दस्तावेजमा पार्टीले जनतालाई भोक, नाङ्गो र अशिक्षित नरहने अवस्था सिर्जना गर्ने महान् लक्ष्य बोकेको उल्लेख गरिएको छ।

यसमा परिवर्तित समयको चेतनासँगै युवा ऊर्जा र नयाँ सोचलाई जोड दिइएको छ। कांग्रेसले यो भिजन आगामी पाँच वर्षभित्र हासिल गर्न सकिने लक्ष्य नभई सुन्दर नेपालको तस्बिर रहेको जनाएको छ। जसलाई सिद्धान्त, नीति र कार्यक्रममार्फत् कार्यान्वयन गरिने पनि कांग्रेसले जनाएको छ। पार्टीले विगतका उपलब्धि र कमजोरीबाट सिक्दै देशलाई समृद्ध बनाउने प्रतिबद्धता जनाएको छ।

सबैलाई गुणस्तरीय सेवा र पोषणको ग्यारेन्टी

कांग्रेसको भिजन दस्तावेजमा स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारको रूपमा जोड दिइएको छ। दस्तावेजअनुसार, गर्भावस्थादेखि वृद्धावस्थासम्म नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ।

रोग लाग्दा उपचार र अस्पताल शुल्कको डरबाट मुक्त गर्ने प्रतिबद्धता दस्तावेजमा छ, जसलाई विकसित देशको स्तरको स्वास्थ्य बीमामार्फत पूरा गरिने कांग्रेसको योजना छ।

कांग्रेसले आर्थिक अभावले कुनै पनि नागरिक गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने व्यवस्था गरिने जनाएको छ । बालबालिकालाई शारीरिक पोषणसँगै शिक्षा जोडेर हिंसा र शोषणमुक्त वातावरण सिर्जना गरिने योजना पनि कांग्रेसको छ। यसले युवालाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य कांग्रेसले राखेको छ।

किसानलाई मुख्य सारथी बनाउने

कांग्रेसको प्रतिज्ञा पत्रको भिजनमा कृषिलाई आधुनिक र मर्यादित पेसा बनाउने जोड दिइएको छ। दस्तावेजमा किसानलाई समृद्धि र मुलुकको प्रगतिको मुख्य सारथी बनाइने उल्लेख छ।

नेपाललाई स्वस्थ खाद्यान्न आपूर्तिमा आत्मनिर्भर बनाउन प्रविधि, बजार पहुँच र उचित मूल्य सुनिश्चित गरिने कांग्रेसले जनाएको छ।

युवालाई कृषिमा आकर्षित गर्दै सिँचाइ, मल र बीमाको अभाव अन्त्य गरिने छ। यसबाहेक, रोजगारी सृजना र सम्पत्ति निर्माणलाई प्रोत्साहन दिँदै आर्थिक रूपमा पछाडि परेकालाई समावेशी बनाउने प्रतिबद्धता कांग्रेसको छ।

राज्यले वैध नाफालाई प्रोत्साहन गर्दै अवैध प्रवृत्तिलाई नियन्त्रण गर्ने नीति पनि ल्याउने प्रस्ताव कांग्रेसले अघि सारेको छ ।

भ्रष्टाचारमुक्त र पारदर्शी शासनको खाका

कांग्रेसले आफ्नो भिजनमा बेथिति र हैरानीमुक्त शासनलाई जोड दिएको छ। दस्तावेजमा सबै नागरिक कानुनको नजरमा समान हुने भनिएको छ। ‘निमुखालाई ऐन र ठूलालाई चैन को अवस्था अन्त्य गरिने छ’, कांग्रेसले भनेको छ, ‘अदालत, संवैधानिक निकाय र विश्वविद्यालयहरूमा दलीयकरण अन्त्य गर्दै योग्य र इमानदार व्यक्तिको छनोट गरिने छ।’

प्रविधिको अधिकतम प्रयोग गर्दै ‘डिजिटल नेपाल’ अवधारणा साकार पारिने कांग्रेसले जनाएको छ । जसले भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्ने पनि उल्लेख गरिएको छ।

नागरिकले घरमै बसेर सरकारी सेवा प्राप्त गर्ने र सरकारसँग प्रश्न गर्ने लोकतान्त्रिक वातावरण सुनिश्चित गरिने योजना पनि कांग्रेसले ल्याएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ०३ बजे

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल