‘शिवांश’ पनि हलबाट निकाले, फागुन १ का तीनै फिल्म रोकिए « Khabarhub

‘शिवांश’ पनि हलबाट निकाले, फागुन १ का तीनै फिल्म रोकिए


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’को प्रदर्शन स्थगित गरिएको छ ।

तीन फिल्मका टिमले नै फागुन ६ गतेबाट प्रदर्शन स्थगित गर्ने निर्णय लिएका हुन् ।

‘शिवांश’ले प्रदर्शन स्थागनको कारण फरक देखाएको छ । ‘बिगुल’ र ‘श्री बुकुरो’ले फागुन २१ को चुनाव देखाएका छन् ।

‘शिवांश’ टिमले प्रदर्शन रोक्नुको दुई कारण देखाएको छ । पहिलो, प्रतिकुल शो पाएको । दोस्रो, प्रचारमा कमजोरी ।

निर्माता अन्जन केसीले जारी गरेको विज्ञिप्तिमा लेखिएको छ, ‘विषयवस्तु र मेकिङ राम्रो भए पनि प्रमोसनमा चुेकेको शिवांश टिमले महसुस गरेको छ ।’

‘श्री बुकुरो’ले आगामी वैशाख १८ लाई नयाँ प्रदर्शन मिति तोकेको छ । अन्य दुईले नयाँ प्रदर्शन मिति तोकेका छैनन् ।

यी तीनै फिल्मले प्रदर्शन स्थगितको कारण जे किटान गरे पनि वास्तविकता एकै छ । कमजोर अकुपेन्सीको लाज ढाक्न निर्माण टिमले प्रदर्शन रोकेको हो ।

पछिल्लो समय फिल्मको व्यापार एक करोड कट्न पनि मुस्किल छ । फेरि, दर्शक हलमै नआएका भने होइनन् । ‘परान’ र ‘आबाट आमा’ जस्ता फिल्मले दर्शकबाट साथ पाएका छन् ।

पछिल्लो समय चुनावी महोलले दर्शक फिल्म हेर्ने मुडमा छैनन् भन्ने तर्क पनि सुनिन्छ । तर, यही सन्दर्भमा ‘आबाट आमा’ हिट साबित भएको छ ।

प्रदर्शन रोकिएका तीनै फिल्मको व्यापार कमजोर छ । यिनीहरुको ग्रस कलेक्सन लाखमै सीमित छ । सुरुवाती ६ दिनको अकुपेन्सी एकदमै कमजोर छ ।

यही कमजोर व्यापारको लाज ढाक्न मेकरहरुले फिल्म हलबाट निकालेका हुन् । अर्थात्, फिल्मले दर्शकलाई हलमा तान्न नसकेपछि उनीहरुले सेफ ल्यान्डिङ गर्न स्थगितको जुक्ति तिर लागेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ५४ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको