शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार « Khabarhub

शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो ल्होसार पर्व मनाएका छन्। 

पर्वको अवसरमा समुदायले आफ्ना गाउँघर, टोलका बाटोघाटो र पानीका मूलहरू सफा गर्ने, नौ प्रकारको अन्न मिसाइएको गुथुक र खाप्से खाने र आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा निभाएका छन्।

पर्व पारिवारिक र सामाजिक मेलमिलाप बढाउने अवसरका रूपमा पनि लिइन्छ। काठमाडौंको सिफलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो।

महायान बौद्ध परम्परामा आधारित ग्याल्पो ल्होसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन मनाइन्छ। पर्वमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले यसलाई अझ अर्थपूर्ण बनाएको थियो। 

नयाँ वर्षको रुपमा मनाइने यो पर्वले समाजमा आपसी प्रेम, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : २७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६