कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने « Khabarhub

कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गर्दै नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नागरिकको सम्पूर्ण स्वास्थ्य सुरक्षा राज्यको संवेदनशील र जिम्मेवार विषय हुने बताएको छ । 

नागरिकलाई रोग लागेपछि उपचार कसरी गर्ने, अस्पतालको शुल्क कसरी तिर्ने भन्ने चिन्ताबाट मुक्त गराउने राज्यको प्रमुख दायित्व रहने कुरा प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ । 

स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार नभई नागरिकको मौलिक अधिकार भएको मान्यताका आधारमा हरेक नेपालीलाई आवश्यक औषधि र अस्पताल सेवा उपलब्ध गराउने व्यवस्था गरिनेछ । 

यसका लागि विकसित देशको स्तरअनुसारको उन्नत स्वास्थ्य बीमा प्रणाली लागू गरी राज्यले नागरिकको उपचार सुनिश्चित गर्ने लक्ष्य लिइएको छ घोषणापत्रमा भनिएको छ ।

यस व्यवस्थामार्फत आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने, सबै नागरिकले समान रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ३४ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी