छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउँछौ : कांग्रेस  « Khabarhub

छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउँछौ : कांग्रेस 


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल गराउने घोषणा गरेको छ ।

 बुधबार जनकपुरधाममा प्रतिज्ञा सभा गर्दै सार्वजनिक गरिएको १० बुँदे  भिजनसहितको प्रतिज्ञापत्रमा उक्त विषय उल्लेख गरिएको हो । 

‘आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन । शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ,’ प्रतिज्ञापत्रमा उल्लेख छ ।

सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउने छन् । 
शिक्षालयलाई विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र बनाउने उल्लेख छ । 

‘प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मलाई प्रविधिसँग जोड्नेछौँ, जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ,’ प्रतिज्ञापत्रमा उल्लेख छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ५९ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी