कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार « Khabarhub

कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ ।  

बुधबार काँग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी भिजन १० का साथ सार्वजनिक गरिएको प्रतिज्ञापत्रका बारे जानकारी गराउँदै बहुमत सहितको सरकार बनाउने लक्ष्य लिएको जनाएको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीले यस पटक जिम्मेवारी, दृष्टिकोण र सङ्कल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको दाबी गरे ।

प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनले बताए । उनले सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना अघि सारिएको उल्लेख गरे ।

कांग्रेसले आफ्नो प्रतिज्ञा पूरा गर्न तर,अमुक र अर्मूत कारण देखाएर जिम्मेवारीबाट नभाग्ने समेत जनाएको छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ६ : ०३ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी