कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार « Khabarhub

कांग्रेसको लक्ष्य : बहुमतसहित लोकतान्त्रिक र लोकहितकारी सरकार


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आमनिर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ ।  

बुधबार काँग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी भिजन १० का साथ सार्वजनिक गरिएको प्रतिज्ञापत्रका बारे जानकारी गराउँदै बहुमत सहितको सरकार बनाउने लक्ष्य लिएको जनाएको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीले यस पटक जिम्मेवारी, दृष्टिकोण र सङ्कल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको दाबी गरे ।

प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनले बताए । उनले सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना अघि सारिएको उल्लेख गरे ।

कांग्रेसले आफ्नो प्रतिज्ञा पूरा गर्न तर,अमुक र अर्मूत कारण देखाएर जिम्मेवारीबाट नभाग्ने समेत जनाएको छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ६ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली