कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर « Khabarhub

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र (घोषणापत्र)मा बिहीबार अन्तरक्रिया राखेको छ ।

सभापति गगन थापाको नेतृत्वमा बनेको प्रतिज्ञापत्रमा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कांग्रेसले अन्तरक्रिया राखेको हो ।

अन्तरक्रियामा प्रश्न सोध्नेहरूलाई आमन्त्रण गरिएको छ । त्यसका विषयमा सभापति थापाले जवाफ दिने बताइएको छ । ‘हामीले प्रतिज्ञापत्रमा ल्याएका १० वटा भिजनमा खुला प्रश्नोत्तर हुनेछ,’ प्रवक्ता देवराज चालिसेले भने, ‘आफूले ल्याएका विषयहरू कार्यान्वयन सम्भव छ कि छैन, अहिलेका आवश्यकता हुन् कि होइनन् भनेर खुला जवाफ दिने दम चाहिन्छ । कांग्रेसले खुला प्रश्नोत्तर गरेर प्रतिज्ञापत्रका विषयहरू नेपालको हितका लागि कति महत्त्वपूर्ण छन् भन्ने स्पष्ट पार्नेछ ।’

चालिसेले प्रतिज्ञापत्र पढेर प्रश्न सोध्न चाहनेलाई राष्ट्रिय सभागृहमा निमन्त्रणा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली