कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर « Khabarhub

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र (घोषणापत्र)मा बिहीबार अन्तरक्रिया राखेको छ ।

सभापति गगन थापाको नेतृत्वमा बनेको प्रतिज्ञापत्रमा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कांग्रेसले अन्तरक्रिया राखेको हो ।

अन्तरक्रियामा प्रश्न सोध्नेहरूलाई आमन्त्रण गरिएको छ । त्यसका विषयमा सभापति थापाले जवाफ दिने बताइएको छ । ‘हामीले प्रतिज्ञापत्रमा ल्याएका १० वटा भिजनमा खुला प्रश्नोत्तर हुनेछ,’ प्रवक्ता देवराज चालिसेले भने, ‘आफूले ल्याएका विषयहरू कार्यान्वयन सम्भव छ कि छैन, अहिलेका आवश्यकता हुन् कि होइनन् भनेर खुला जवाफ दिने दम चाहिन्छ । कांग्रेसले खुला प्रश्नोत्तर गरेर प्रतिज्ञापत्रका विषयहरू नेपालको हितका लागि कति महत्त्वपूर्ण छन् भन्ने स्पष्ट पार्नेछ ।’

चालिसेले प्रतिज्ञापत्र पढेर प्रश्न सोध्न चाहनेलाई राष्ट्रिय सभागृहमा निमन्त्रणा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : ०३ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना