क्यानाडाका प्रधानमन्त्रीले मार्चको शुरुमा भारतको भ्रमण गर्ने « Khabarhub

क्यानाडाका प्रधानमन्त्रीले मार्चको शुरुमा भारतको भ्रमण गर्ने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भारतको भ्रमण गर्ने भएका छन् । ओन्टारियो प्रान्तका आर्थिक विकासमन्त्री भिक्टर फेडेलीका अनुसार कार्नी मार्च १ र २ मा भारत भ्रमणमा रहनेछन् ।

भारत भ्रमणका क्रममा कार्नीले वृहद आर्थिक साझेदारी सम्झौताको खाकाबारे भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल गर्ने रोयटर्सले जनाएको छ । यसअघि गत नोभेम्बर महिनामा जी२० शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको थियो ।

उक्त भेटवार्ताका क्रममा मोदी र कार्नीबीच व्यापार सम्झौताबारे वार्ता अघि बढाउने सहमति भएको थियो । दुई देशले द्विपक्षीय व्यापारलाई सन् २०३० सम्म ५० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेका छन् ।

पछिल्लो समय सबैभन्दा ठूलो आर्थिक साझेदार अमेरिकासँगको सम्बन्धमा तनाव उत्पन्न भएपछि क्यानाडाले नयाँ विकल्पको खोजी गरिरहेका बेला कार्नीले भारत भ्रमण गर्न लागेका हुन् ।

कार्नीको भ्रमणले पूर्ववर्ती प्रधानमन्त्री जस्टिन ट्रुडोको पालामा चिसिएको दुई मुलुकबीचको सम्बन्धमा पनि सधार आउने अपेक्षा गरिएको छ । सन् २०२३ मा क्यानाडामा शिखर पृथकतावादी नेताको हत्या भएपछि क्यानाडा र भारतबीचको सम्बन्ध चिसिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ४४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२