क्यानाडाका प्रधानमन्त्रीले मार्चको शुरुमा भारतको भ्रमण गर्ने « Khabarhub

क्यानाडाका प्रधानमन्त्रीले मार्चको शुरुमा भारतको भ्रमण गर्ने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भारतको भ्रमण गर्ने भएका छन् । ओन्टारियो प्रान्तका आर्थिक विकासमन्त्री भिक्टर फेडेलीका अनुसार कार्नी मार्च १ र २ मा भारत भ्रमणमा रहनेछन् ।

भारत भ्रमणका क्रममा कार्नीले वृहद आर्थिक साझेदारी सम्झौताको खाकाबारे भारतीय समकक्षी नरेन्द्र मोदीसँग छलफल गर्ने रोयटर्सले जनाएको छ । यसअघि गत नोभेम्बर महिनामा जी२० शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको थियो ।

उक्त भेटवार्ताका क्रममा मोदी र कार्नीबीच व्यापार सम्झौताबारे वार्ता अघि बढाउने सहमति भएको थियो । दुई देशले द्विपक्षीय व्यापारलाई सन् २०३० सम्म ५० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेका छन् ।

पछिल्लो समय सबैभन्दा ठूलो आर्थिक साझेदार अमेरिकासँगको सम्बन्धमा तनाव उत्पन्न भएपछि क्यानाडाले नयाँ विकल्पको खोजी गरिरहेका बेला कार्नीले भारत भ्रमण गर्न लागेका हुन् ।

कार्नीको भ्रमणले पूर्ववर्ती प्रधानमन्त्री जस्टिन ट्रुडोको पालामा चिसिएको दुई मुलुकबीचको सम्बन्धमा पनि सधार आउने अपेक्षा गरिएको छ । सन् २०२३ मा क्यानाडामा शिखर पृथकतावादी नेताको हत्या भएपछि क्यानाडा र भारतबीचको सम्बन्ध चिसिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ४४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन