नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा « Khabarhub

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । 

कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला उच्च जोखिममा छन् । यस्तै तुइन खोलाबाट चिसेन्जीको बीचको भाग, चार किलोको दुई ठाउँ, मौरी खोला र सेती दोभान पहिरोको उच्च जोखिममा रहेका उनले जानकारी दिए । 

‘तुइन र चिसेन्जीको बीचमा ढुङ्गा झर्ने समस्या छ । तुइन, काली र नाम्सी खोलाको छेउमा पहिरोको उच्च जोखिम छ । चार किलोको दुई ठाउँमध्ये एउटामा पहिरो र अर्कोमा लेदो झर्ने समस्या रहेको छ । मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको उच्च जोखिम छ’, इञ्जिनियर घिमिरेले भने। साथै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत ठाउँ जोखिममा रहेका उनले जानकारी दिए। 

गत वर्षदेखि ती ठाउँमा पहिरोको जोखिम थियो । कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न खरिद गुरुयोजना स्वीकृतिका लागि माघ २३ गते सडक विभाग पठाइसकिएको छ । विभागले डिजाइन कार्यसमेत अन्तिम चरणमा पुर्‍याएको उनले बताए। ती ठाउँमा विपद्मार्फत विनियोजित २५ करोडबाट पहिरो रोकथामको तयारी गरिएको उनले उल्लेख गरे।  

प्रमुख लामिछानेका अनुसार तीबाहेकका अन्य ठाउँमा पहिरो रोकथामका लागि २० करोड बजेट विनियोजन भएको छ । बोलपत्र आह्वानका लागि तयारी गरिएको जनाउँदै उनले नक्सांकन पूरा भएकाले केही दिनमा बोलपत्र आह्वान गरी बर्सातअघि जोखिम रहेका ठाउँमा पहिरो रोकथाम तथा न्यूनीकरणका काम गरिने बताए। वर्षा सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्नसक्ने भएकाले आवश्यक तयारीसमेत कार्यालयले गरेको जनाएको छ । 

केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएको थियो । भित्तो काटिएका र नयाँ ठाउँमा समेत लेदोसहितको पहिरो खस्दा बर्सातको समयमा यस सडकमा समस्या हुने गरेको छ । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । 

राजधानी काठमाडौँका लागि यो सडक लाइफ लाइनका रूपमा लिने गरिन्छ । 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ०४ बजे

मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

टोकियो– मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

नेपाली सेनाले मनायो कुकुर तिहार

काठमाडौं– यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको

यू-१९ एसिया कप : नेपालले यूएईलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्स

कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

तेहरान- स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल