काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११:५१ बजे खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा अवतरणका क्रममा असामान्य अवस्थाको सामना गर्दै दुर्घटनाग्रस्त भएको कम्पनीले जनाएको छ ।
काठमाडौंबाट बेलाबेंशीतर्फ पुगेको उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार सबै यात्रु तथा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षतिको जानकारी प्राप्त नभएको कम्पनीले जनाएको छ।
कम्पनीले घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताएको छ। कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले प्रारम्भिक छानबिन थालिएको बताएका छन् ।
यसैबीच उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एकजना घाइतेलाई लिएर काठमाडौं फर्किँदै छ ।
अन्य चार यात्रुको अवस्था सामान्य रहेको जानकारी खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।













प्रतिक्रिया