नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू) « Khabarhub

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र पारिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।

सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो। शपथ कार्यक्रमका लागि हलमा माइक र बत्ती जडान लगायतका काम धमाधम भइरहेको छ।

जेन-जी आन्दोलनका क्रममा पुरानो संसद् भवनमा आगलागी भएपछि वैकल्पिक स्थानको आवश्यकता परेको हो । सोहीअनुसार सिंहदरबारमा निर्माणाधीन भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरिएको छ । उक्त हल केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ३ : ०१ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष