एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा « Khabarhub

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै अब देशको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न पेचिलो बनेको छ। सर्वोच्च नेता अली खामेनेई र सुरक्षा प्रमुख अली लारिजानी सहित उच्च तहका नेताहरू मारिएको दाबीपछि नयाँ नेतृत्वबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।

लारिजानीको मृत्युपछि इरानको सम्भावित नेतृत्वका लागि पाँच जना प्रमुख व्यक्तिको नाम चर्चामा आएका छन्।

मोज्ताबा खामेनेई

मोज्ताबा खामेनेईलाई सबैभन्दा बलियो दाबेदार मानिएको छ। पूर्व सर्वोच्च नेता खामेनेईका छोरा रहेका उनी सार्वजनिक रूपमा कम देखिए पनि आर्थिक र रणनीतिक क्षेत्रमा उनको प्रभाव बलियो रहेको बताइन्छ। ८–९ मार्च २०२६ मा भएको विज्ञहरूको बैठकले उनलाई नयाँ सर्वोच्च नेता चयन गरेको दाबीसमेत गरिएको छ, यद्यपि यसबारे औपचारिक पुष्टि भएको छैन।

मसूद पजशेकियन

वर्तमान राष्ट्रपति मसूद पजशेकियन पनि महत्वपूर्ण भूमिकामा देखिएका छन्। युद्ध र संकटको अवस्थामा कार्यकारी जिम्मेवारी राष्ट्रपतिमाथि रहने भएकाले उनी अस्थायी रूपमा नेतृत्व सम्हाल्न सक्ने विश्लेषण गरिएको छ।

अहमद भाहिदी

अहमद भाहिदी लाई पनि बलियो विकल्पका रूपमा हेरिएको छ। रिभोलुसनरी गार्ड (आईआरजीसी)सँग आबद्ध उनको सैन्य र सुरक्षासम्बन्धी अनुभवले उनलाई प्रमुख दाबेदार बनाएको छ।

मोहम्मद बाघेर गालिबाफ

संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ पनि चर्चामा छन्। पूर्व आईआरजीसी कमान्डरसमेत रहेका गालिबाफको सरकारका निर्णय प्रक्रियामा प्रभाव रहने मानिन्छ।

इस्माइल कानी

कुद्स फोर्सका प्रमुख इस्माइल कानीलाई पनि सम्भावित नेतृत्वकर्ताका रूपमा हेरिएको छ। विदेशमा इरानका सैन्य रणनीति सम्हाल्ने जिम्मेवारीमा रहेका उनको भूमिका युद्धको अवस्थामा अझ महत्वपूर्ण हुने विश्लेषण गरिएको छ।

यद्यपि, यी सबै दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्। इरानको नेतृत्व चयन प्रक्रिया जटिल हुने भएकाले अन्तिम निर्णय संस्थागत संरचना र शक्ति सन्तुलनमा निर्भर रहने विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : १५ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा