शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी « Khabarhub

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) माथि रोमान्चक जित दर्ता गरेको छ । शुक्रबार राति अहमदाबादमा भएको खेलमा गुजरातले कोलकातालाई ५ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातको जितमा नायक बनेका गिलले ५० बलमा ८६ रनको सानदार इनिङ खेले । उनी ‘प्लेयर अफ द म्याच’ चुनिए । अन्तिम ओभरसम्म तन्किएको रोमान्चक भिडन्तमा गुजरातले २ बल बाँकी छँदै जित हात पारेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १८० रन बनाएको थियो । मध्यम योगफल रक्षा गर्ने क्रममा कोलकाताका बलरले कसिलो बलिङ गरे पनि गिलको ब्याटिङसामु त्यो पर्याप्त हुन सकेन ।

जितसँगै गुजरात टाइटन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित कोलकाता तालिकाको पुछारमा सीमित छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ५० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल