हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक « Khabarhub

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले यो जलमार्ग बन्द गराएको थियो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेबनान र इजरायलबीचको १० दिने युद्धविरामलाई मध्यनजर गर्दै बाँकी अवधिका लागि यो मार्ग खुला गरिएको जानकारी दिएका हुन् । तर, जहाजले इरानी बन्दरगाह तथा समुद्री संगठनले तोकेको ‘समन्वयित सुरक्षित मार्ग’ मात्र प्रयोग गर्नुपर्ने सर्त इरानले राखेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो कदमलाई विश्वका लागि सकारात्मक भनेका छन् । यद्यपि, दुई देशबीच पूर्ण शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक घेराबन्दी भने नहट्ने उनले प्रष्ट पारेका छन् । अमेरिका र इरानबीचको वर्तमान युद्धविराम आगामी अप्रिल २२ मा सकिँदैछ ।

इरानले बाटो खुला गरेको दाबी गरे पनि अन्तर्राष्ट्रिय समुद्री समूहले भने तत्कालै जहाज पठाउन जोखिम रहेको बताएका छन् । जहाज ट्र्याकिङ डेटाका अनुसार उक्त क्षेत्रमा अहिले पनि जहाजको आवागमन निकै कम छ । इरानी सैन्य अधिकारीका अनुसार व्यापारिक जहाजलाई अनुमति दिइए पनि विदेशी सैन्य जहाजलाई भने उक्त मार्गमा अझै निषेध गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ७ : ०७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण