चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात « Khabarhub

चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

इलाम – विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल एक परियोजनाका सिलसिलामा इलामको जस्बिरे आइपुग्दा उनले स्थानीयलाई आलुखेती मात्र सिकाएनन्, चिया रोप्न पनि प्रेरित गरे । रिसालले रोपिदिएको त्यही चियाको बिरुवा अहिले सुब्बा परिवारका लागि मात्र नभई यो क्षेत्रकै लागि एउटा बलियो ‘ब्रान्ड’ बनेको छ ।

इलाम नगरपालिका–४ का सूर्य सुब्बाका चार छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ अहिले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सफल भएको छ । १४ लाख रुपैयाँबाट सुरु भएको यो उद्योगमा हाल ८ करोड रुपैयाँ लगानी पुगिसकेको छ ।

सुब्बाका जेठा छोरा गृष्म बजार व्यवस्थापन हेर्छन् भने माइला शरद् नेपालकै ‘बेस्ट टी मेकर’ का रूपमा सम्मानित भइसकेका छन् । उनले ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा उत्कृष्ट चिया उत्पादकको अवार्ड जितेका थिए । त्यस्तै साहिँला छोरा निर्विकल्प प्राविधिक पक्ष र कान्छा विकल्प अस्ट्रेलियामा बसेर अन्तर्राष्ट्रिय बजारीकरणको काम सम्हाल्छन् ।

यो उद्योगले हाल ६० रोपनी आफ्नै र ४ सय रोपनी भाडाको जमिनमा चियाखेती गरिरहेको छ । यसका अतिरिक्त गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने चिया पनि यही उद्योगले खरिद गर्दै आएको छ। वार्षिक ३० हजार केजी अर्थोडक्स चिया उत्पादन गर्ने यो उद्योगले यस वर्षदेखि १ लाख केजी पुर्‍याउने लक्ष्य राखेको छ ।

यहाँ उत्पादित सुनकेसरी, रेडपान्डा र कोठीडाँडा ब्युटीलगायत ३५ भन्दा बढी प्रकारका अर्गानिक चिया अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड्स र जर्मनीसम्म निर्यात हुन्छ । विशेषगरी ‘स्पेशल टी’ को माग विश्व बजारमा उच्च छ । उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्ने चिया अनलाइन पोर्टल ‘दराज’ मा ३५ हजार र विदेशमा १ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको सञ्चालकहरू बताउँछन् ।

सफलताको यो यात्रा सहज भने थिएन । २०८१ फागुन १३ मा विद्युत् सर्ट भई आगलागी हुँदा उद्योगका भौतिक संरचना र तयारी चिया गरी ८ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । “शून्यबाट उठ्नुपर्ने अवस्था आएकाले अहिले ४ करोड रुपैयाँ बैंक ऋण छ,” माइला छोरा शरद्ले भने । आगलागीको ठूलो धक्का व्यहोरे पनि सुब्बा परिवार पुनः तङ्ग्रिएर उद्योग विस्तारमा जुटेको छ ।

नगरप्रमुख केदार थापा जस्बिरे चिया उद्योगलाई जिल्लाकै सफल र उदाहरणीय उद्यम मान्छन् । “आफ्नै बलबुता र निरन्तरको अध्ययनले उहाँहरू स्थापित हुनुभएको हो,” उनले भने । सञ्चालक गृष्मका अनुसार सरकारले अनुदानभन्दा पनि नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गरिदिए उद्योगीहरूलाई ठूलो राहत पुग्नेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : ०१ बजे

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की चिनी खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको