आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय « Khabarhub

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताए । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

“स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरि ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैँझैँ २४ घण्टा सूचारु गरिने छ”, उनले भने ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गर्नुभएको छ । यस्तै अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्स हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १० : ५६ बजे

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई