ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा « Khabarhub

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ।

बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो।

प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ।

यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी भएका थिए।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुकका लागि गौरवको विषय भएको बताएका छन्। उनले भने, ‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ।’

उनले अगाडि भने, ‘टप सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रिकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ।’

कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धिका लागि टीमवर्क, रचनात्मकता र सेवा गुणस्तर प्रमुख कारण रहेको बताए।

उनले भने, ‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौं।’

पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको उनले बताए।

‘मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्नेछ,’ उनले उल्लेख गरे।

‘क्लबिङ लाइफलाई व्यवस्थित र सभ्य बनाउन हामीलाई थप जिम्मेवारी प्रदान गरेको छ,’ कुँवरको भनाइ छ।

एलओडी क्लब सन् २०२५ मा ४४ औं स्थानमा रहेको थियो। यसअघि सन् २०२२ मा ५२ औं, २०२३ मा ४९ औं र २०२४ मा ५० औं स्थानमा परिसकेको थियो।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ३ : ०७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक