स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी « Khabarhub

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको छ । बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सी यूकेएमटीओका अनुसार इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोर (आईआरजीसी) का दुई वटा लडाकु डुङ्गाले एउटा ट्याङ्करलाई लक्षित गरी गोली चलाएका हुन् ।

समाचारमा जनाइएअनुसार ओमनको तटबाट २० नौटिकल माइलको दूरीमा उक्त ट्याङ्करमाथि हमला भएको हो । ट्याङ्करका क्याप्टेनका अनुसार ती दुई वटा लडाकु डुङ्गाले रेडियोमार्फत कुनै चेतावनी वा जानकारी नदिई अचानक अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

बेलायती निकायले आफ्नो पछिल्लो सूचनामा आक्रमणबाट जहाज र त्यसमा रहेका चालक दलका सदस्यहरू सबै सुरक्षित रहेको जानकारी दिएको छ ।

यसअघि समाचार संस्था रोयटर्सले दुई व्यवसायिक जहाजलाई लक्षित गरी गोली प्रहार भएको जनाएको थियो । यससँगै स्ट्रेट अफ हर्मुजमा थप अनिश्चय पैदा भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ५ : ०९ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान