सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत « Khabarhub

सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको छ ।

अदालतको अनुगमन महाशाखाले वैशाख ३ गते गरेको आकस्मिक हाजिर तथा ‘ड्रेसकोड’ अनुगमनका क्रममा यस्तो अवस्था देखिएको अदालत प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा बिहान ९ः०० बजेपछि कार्यालय प्रवेश गर्ने कर्मचारीको संख्या ८२ जना रहेको पाइएको छ भने २२ जना कर्मचारी तोकिएको पोसाकविपरीत (जिन्स, टिसर्ट लगायत) उपस्थित भएको भेटिएको छ ।

त्यस्तै, बिदा स्वीकृत वा पूर्वजानकारीबिना अनुपस्थित रहने कर्मचारीको संख्या ७० जना रहेको प्रशासनले जनाएको छ । वैशाख २ गते गरिएको ‘कुर्सी छड्के’ अनुगमनमा समेत नौ जना कर्मचारी (बिहान–बेलुका हाजिर मात्र गर्ने) आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएका थिए ।

अदालत प्रशासनले जारी गरेको सूचनामा कर्मचारीलाई तोकिएको समयमा कार्यालय उपस्थित हुन, निर्धारित पोसाकमै अदालत प्रवेश गर्न तथा शाखा प्रमुख वा महाशाखा प्रमुखको निर्देशनमा सेवाग्राहीमैत्री ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

साथै, अनुगमनबाट देखिएका कैफियतको अभिलेख राखिने जनाउँदै अदालतले अबदेखि बिहान ९ः१५ पछि र बेलुका ५ः०० अघि हाजिरी मेसिनले हाजिर नलिने व्यवस्था गरिएको जानकारी दिएको छ ।

अदालतले अनुगमन महाशाखाबाट यस्ता छड्के अनुगमन निरन्तर रूपमा जारी रहने समेत जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ०२ बजे

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई