विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने « Khabarhub

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति मरू क्षेत्रमा पुनर्स्थापना गरिने भएको छ ।

२०५२ सालमा बेलायतबाट नेपाल फर्काइएको उक्त मूर्ति लामो समयदेखि राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको थियो । अब यसलाई पुनः मूल स्थान मरूमा स्थापना गर्न लागिएको हो ।

राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा अकर्मीको रोहवरमा काठमाडौं महानगरपालिका का कार्यवाहक मेयर सुनिता डंगोल लगायतले उक्त मूर्ति बुझेका हुन् ।

महानगरपालिकाका अनुसार मूर्तिलाई बाजागाजा सहित मरूमा प्रतिस्थापन गरिनेछ । यस कदमलाई सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्जीवनसँग जोडेर हेरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ४३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,