रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, जात्रा विधिवत् सुरु « Khabarhub

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, जात्रा विधिवत् सुरु


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ‘वर्षा र सहकालका देवता’का रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार सम्पन्न भएको छ । रथारोहणसँगै यस वर्षको जात्रा विधिवत् रूपमा सुरु भएको छ ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्पराअनुसार यस वर्ष पनि रथारोहण सम्पन्न गरिएको हो ।

परम्पराअनुसार त:बहालबाट देवताको मूर्तिलाई खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा पुर्‍याई विधिवत् रूपमा विराजमान गराइएको छ । यससँगै जात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ ।

मच्छिन्द्रनाथलाई वर्षको ६ महिना त:बहाल मन्दिर र बाँकी ६ महिना बुङ्मतीमा राख्ने परम्परा रहेको छ । यसअघि देवतालाई बुङ्मतीबाट ल्याई पाटनको त:बहालमा स्थापना गरिएको थियो ।

करिब ३२ हात लामो र झण्डै ४८ फिट अग्लो रथ परम्परागत शैलीमा निर्माण गरिएको हो । रथ तान्ने साइत पञ्चाङ्ग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समुदायसँगको समन्वयमा निर्धारण गरिने गरिन्छ ।

यस जात्रालाई उपत्यकाकै महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ, जसमा हजारौँ श्रद्धालु सहभागी हुने गर्छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ७ : ३७ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने